देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख, घाइतेलाई ५० हजार दिँदै प्रदेश सरकार
विराटनगर। कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ। सरकारले घर, पसल अन्य आगजानी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आयोजना गरेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।...









