विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ का लागि साझा सरोकार डटकमका सम्पादक रोशन पोखरेल लाई उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरेको छ ।
संस्थाको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशनका अवसरमा सहकारीमा आबद्ध भएदेखि नियमित रूपमा मासिक बचत गर्दै सहकारीको आर्थिक गतिविधि र सहकारी भावनाको प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै साझा सरोकार डटकमका सञ्चालक रोशन पोखरेललाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष दीपक दाहालले नियमित बचत गर्ने सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको जानकारी दिए ।
सहकारीले असल ऋणीका रूपमा प्रदीप भुजेल, अग्रज शेयर सदस्यका रूपमा तेजेन्द्रबहादुर भण्डारी तथा विद्यावारिधि उपाधि हासिल गरेका शेयर सदस्य डा. रामचन्द्र अधिकारीलाई पनि सम्मान गरेको छ ।
यसैगरी, शेयर सदस्यका सन्तानलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक पुरस्कार वितरण गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ३.८४ जीपीए प्राप्त गर्ने शेयर सदस्य टेकप्रसाद अधिकारीका छोरा मुलुक शर्मा र कक्षा १२ मा ३.२८ जीपीए हासिल गर्ने शेयर सदस्य विक्रम लुइँटेलकी छोरी सुबिसा लुइँटेल पुरस्कृत भएका छन् ।
निर्णयअनुसार एसईई उत्तीर्ण मुलुकलाई दुई हजार पाँच सय रुपैयाँ र कक्षा १२ उत्तीर्ण सुबिसालाई तीन हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको हो । संस्थाको आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनका आधारमा शेयर सदस्यलाई ६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेस गरिएको छ । साधारणसभामा अध्यक्ष दाहालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।





