राधाकृष्ण राइस मिल्सले भोटेकोशी बाढी पीडितका लागि गर्यो २ लाख १ हजार सहयोग
काठमाडौं । बिराटनगरस्थित राधाकृष्ण राइस मिल्सले भोटेकोशी बाढी पीडितको लागि सरकारलाई २ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । मिल्सका कार्यकारी निर्देशक विभोर अग्रवालका अनुसार त्रिशुली बाढीबाट पीडित भएका परिबारलाई सहयोग गर्न सरकारलाई उक्त रकम उपलब्ध गराइएको हो ।
यो मिल्सले बाढी पीडितलाई राहत वापत २ मेट्रिक टन चामलसमेत विभिन्न सामाजिक संस्थामार्फत उपलब्ध गराएको छ । यो उद्योगले कृष्णभोग...









