विराटनगरको एभरेष्ट स्कुलको टोली संयुक्त राष्ट्रसंघको महासभाको अभ्यासमा भाग लिन भियतनाम प्रस्थान
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका १२ जना विद्यार्थीसहितको १३ सदस्यीय टोली भियतनामका लागि प्रस्थान गरेको छ ।
असोज १२ देखि कात्तिक १ (१२ –१८ अक्टुबर) गतेसम्म भियतनामको होचिमिनमा हुने कार्यक्रमका लागि एभरेष्ट कलेजका सहप्राचार्य टी एन भण्डारीको नेतृत्वमा विद्यार्थीहरुको समूह प्रस्थान गरेको एभरेष्ट स्कुलले जानकारी दिएको छ ।
स्कुलका अनुसार भियतनामको हु टेक विश्वविद्यालयमा ह...