धनुषामा बिहान दुई घण्टा कर्फ्यु खुकुलो

धनुषामा बिहान दुई घण्टा कर्फ्यु खुकुलो
जनकपुरधाम, साउन १५ गते । जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ । कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन् । त्यसैग...

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह
काठमाडौँ- नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ । परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ । विज्ञप्तिमार्फत परिसङ्घले कुनै पनि समस्या, असन्तुष्टि वा विवाद...

देवानगञ्ज घटनामा ६ बुँदे सहमति

देवानगञ्ज घटनामा ६ बुँदे सहमति
काठमाडौँ, साउन १५ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबिच ६ बुँदे सहमति भएको छ। सहमतिअनुसार नेपाल सरकारसमक्ष दुवै मृतकलाई शहीद घोषणा गर्न प्रक्रिया तत्काल अघि बढाइने तथा मृतकका परिवारलाई जनही १० लाख रुपियाँ राहत उपलब्ध गराइनेछ। यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्र...

सरकारी टोली र लघुवित्त पीडित संघर्ष समितिबीच आज पुनः वार्ता, जुट्ला सहमति?

सरकारी टोली र लघुवित्त पीडित संघर्ष समितिबीच आज पुनः वार्ता, जुट्ला सहमति?
काठमाडौं। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ। बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको बताइएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्। समिति सदस्...

शुद्धोधन गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शुद्धोधन गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी र पालिकाका तत्कालीन ‘एमआइएस अपरेटर’ सुरेश कँहारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा पाँच लाख जम्मा भएको पुष्टि भएपछि विशेष अदालत काठमाडौँमा आरोपपत्र...

पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ लोकार्पण

पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ लोकार्पण
काठमाडौँ । नेपालका वरिष्ठ लोकतान्त्रिक नेता, पूर्वमन्त्री तथा पूर्वसांसद अच्युतराज रेग्मीका दुई महत्वपूर्ण कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ एक विशेष समारोहबीच काठमाडौंमा लोकार्पण गरिएको छ। गत वर्ष ९७ वर्षको उमेरमा अस्ट्रेलियामा स्वर्गिय भएका रेग्मीको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले उनका अधुरा सपना पूरा गर्दै दुवै पुस्तक सार्वजनिक गरेको हो। ‘जीवन र विचार’ रेग्मीको आत्मवृत्तान्...

गुरु पूर्णिमाको अवसरमा लामो अन्तरालपछि सत्यकृत ब्यान्डको भक्तिभजन ‘गुरु’ सार्वजनिक

गुरु पूर्णिमाको अवसरमा लामो अन्तरालपछि सत्यकृत ब्यान्डको भक्तिभजन ‘गुरु’ सार्वजनिक
काठमाडौं । लामो समयको अन्तरालपछि सत्यकृत ब्यान्डको नयाँ भक्तिभजन ‘गुरुको गीति भिडियो सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको शुभ अवसर पारेर सत्यकृत युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो। भक्तिमय गीतमा स्वर, शब्द तथा संगीत सुरसाधुको रहेको छ भने गीतको अडियो रेकर्डिङ भारतको मुम्बईमा गरिएको निर्माण पक्षले जनाएको छ। गीति भिडियोमार्फत देवभूमि तथा पुण्यभूमि नेपालमा जन्मिनुभएका सद्गुरु...

पुराना फोटो–भिडियोबाट भ्रम फैलाउन नदिन सञ्चार प्रतिष्ठानको आग्रह

पुराना फोटो–भिडियोबाट भ्रम फैलाउन नदिन सञ्चार प्रतिष्ठानको आग्रह
विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले सामाजिक सञ्जालमा पुराना फोटो तथा भिडियो पोस्ट गरी भ्रम, अफवाह र उत्तेजना फैलाउने गतिविधि नगर्न पत्रकार तथा सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो समय सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई लक्षित गर्दै विगतका आन्दोलनसँग सम्बन्धित पुराना फोटो र भिडियो सामाजिक सञ्जालमा पुनः प्रसारण गरी गलत सूचना फैलाउने क्रम देखिएको भन्दै प्रतिष्ठानले यस्...

बिर्तामोडमा तीन टहरामा आगलागी, विद्युत् सर्ट भएको आशंका

बिर्तामोडमा तीन टहरामा आगलागी, विद्युत् सर्ट भएको आशंका
झापा : बिर्तामोड नगरपालिका–५ स्थित सतानु पैनीमा रहेका तीन वटा काठका टहरामा आज बिहान आगलागी भएको छ। बिहान ४ः१० बजे पुरानो भद्रपुर रोडछेउ रहेका गणेश पोख्रेल, तारा अर्याल र सुन्दर राजवंशीका काठका टहरामा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि सुरक्षा बेस शनिश्चरेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोभितबहादुर श्रेष्ठको नेतृत्वमा ११ जना, इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक...

सुनसरी घटनाबारे सरकार मौन, यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णयहरू

सुनसरी घटनाबारे सरकार मौन, यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णयहरू
काठमाडौं। मन्त्रिपरिषद्को बैठकले विभिन्न विधेयकलाई संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृति दिएको जानकारी दिए। त्यस्तै, संक्रामक रोग ...