विराटनगर । अमेरिकामा रहेर पनि नेपाली लोकगीत तथा संगीत क्षेत्रमा निरन्तर सक्रिय गायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ।
नेपाली मौलिक संस्कृति, परम्परा र तिहारको उल्लासलाई समेटेर तयार पारिएको उक्त गीत दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो। गीतमा तिहारका परम्परागत संस्कार, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, देउसीभैलो र पर्वको सांस्कृतिक महत्त्वलाई प्रस्तुत गरिएको छ। गीतले स्वदेश तथा विदेशमा रहेका नेपालीमाझ तिहारको रौनक थप्ने अपेक्षा गरिएको छ।
करिब दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका लुङ्गेली मगरले लोकदोहोरी तथा राष्ट्रियस्तरका सांगीतिक कार्यक्रममार्फत आफ्नो पहिचान स्थापित गरेकी छन्। ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायत उनका दर्जनौँ गीत लोकप्रिय छन्।
नेपाली गीतसंगीतमा पुर्याएको योगदानका लागि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरिसकेकी लुङ्गेली मगरले गायिकाकै रूपमा ‘एक्स्ट्राअर्डिनरी भिसा’ प्राप्त गरेकी हुन्। हाल परिवारसहित अमेरिकामा बस्दै आएकी उनी प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धनमा सक्रिय छिन्।
‘झिलीमिली देउसी भैलो’ गीतमा स्वर सम्राट राजु परियार, वरिष्ठ गायक घमेश दुलाल, गायक तथा सर्जक सरोज बिरही कार्की, गायिका सीता थापा, राधिका हमाल र अमृता लुङ्गेली मगरलगायत कलाकारको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेञ्ज सरोज बिरही कार्कीले गरेका छन्।
गीतको भिडियो खगेन्द्र गिरीको निर्देशनमा तयार पारिएको हो। केशव विश्वकर्माको छायांकन र कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन्।
गायिका अमृता लुङ्गेली मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले तिहारको मौलिकता र नेपाली लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
विराटनगर । अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ।
तिहारको सांस्कृतिक परम्परा, देउसीभैलो र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई समेटेर तयार पारिएको गीत दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो।
गीतमा राजु परियार, घमेश दुलाल, सरोज बिरही कार्की, सीता थापा, राधिका हमाल र अमृता लुङ्गेली मगरको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेञ्ज सरोज बिरही कार्कीले गरेका हुन्।
खगेन्द्र गिरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन्। भिडियोको छायांकन केशव विश्वकर्मा र सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन्। गीत गायिका अमृता लुङ्गेली मगरको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
करिब दुई दशकदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय लुङ्गेली मगरका ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायत गीत सार्वजनिक छन्। उनले सांगीतिक क्षेत्रमा पुर्याएको योगदानका लागि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेकी छन्।
गायिकाकै रूपमा ‘एक्स्ट्राअर्डिनरी भिसा’ प्राप्त गरेकी लुङ्गेली मगर हाल परिवारसहित अमेरिकामा बस्दै आएकी छन्। विदेशमा रहेर पनि उनी नेपाली गीतसंगीतमा सक्रिय रहँदै आएकी छन्।





