आज ६२औँ राष्ट्रिय बाल दिवस

आज ६२औँ राष्ट्रिय बाल दिवस
काठमाडौँ । आज ६२औँ राष्ट्रिय बाल दिवस रहेको छ । यस बर्षको बाल दिवसको नारा 'बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी' तय गरिएको छ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थ...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्ने ...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा बालविकास सहजकर्ताविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा बालविकास सहजकर्ताविरुद्ध मुद्दा
काठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालयकी बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अनुसन्धानका क्रममा बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल उत्तीर्ण गरेको भन्दै सन् २०१० का नक्कली अंकपत्र, प्रमाणपत्र र प्रव्रजन प्रमाणपत्र तयार गरी विद्यालयमा पेस गरेको पाइएको अख्तियार दु...

एभरेष्ट स्कुललाई लगातार दोस्रो पटक अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि

एभरेष्ट स्कुललाई लगातार दोस्रो पटक अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि
विराटनगर । विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन मोरङद्वारा आयोजित जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जितेको छ । आइतबार विराटनगरमा सम्पन्न फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधि रक्षा गरेको हो । उपाधिसँगै एभरेष्टले नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरको दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय हुँदै नग...

मनमोहन पोलिटेक्निकका विद्यार्थीले अब आफ्नै विश्वविद्यालयबाट बीटेक पढ्न पाउने

मनमोहन पोलिटेक्निकका विद्यार्थीले अब आफ्नै विश्वविद्यालयबाट बीटेक पढ्न पाउने
मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतको मनमोहन स्मृति पोलिटेक्निकबाट तीनवर्षे डिप्लोमा उत्तीर्ण विद्यार्थीले अब आफ्नै विश्वविद्यालयबाट स्नातक तहको बी टेक इन्जिनियरिङ अध्ययन गर्न पाउने भएका छन्। मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकबाट तीनवर्षे डिप्लोमा उत्तीर्ण विद्यार्थीका लागि विश्वविद्यालयले बीटेक इन्जिनियरिङको पाठ्यक्रम...

सुर्खेतमा शिक्षा संवादः व्यवहारिक शिक्षामा जोड दिन सुझाव

सुर्खेतमा शिक्षा संवादः व्यवहारिक शिक्षामा जोड दिन सुझाव
सुर्खेत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षा ऐन निर्माणका लागि सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा संवादअन्तर्गत बिहीबार सुर्खेतमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा करिब २ सय ७५ शिक्षक, विद्यालय कर्मचारी, व्यवस्थापन समिति, निजी विद्यालय, स्थानीय तहका शिक्षा प्रमुख, जनप्रतिनिधि तथा शिक्षक संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । सहभागीहरूले शिक्षक तथा विद्यालय कर्मचारीको सेवा...

काठमाडौँ महानगरका १२ सामुदायिक विद्यालयको पूर्वाधारका लागि ६२ करोडको खरिद प्रक्रिया शुरु

काठमाडौँ महानगरका १२ सामुदायिक विद्यालयको पूर्वाधारका लागि ६२ करोडको खरिद प्रक्रिया शुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि छुट्टाछुट्टै बोलपत्रमार्फत करिब ६२ करोड २८ लाख रुपियाँ लागतको खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्यालयहरूको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुकुल बनाउन विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकताका आधारमा लगानी बढाएको हो । यसका लागि सहरी योजना आयोगबाट अध्ययन गरिएको थिय...

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न
काठमाडौं, १७ साउन ।काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने “फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” आज आइतबार सम्पन्न भएको छ ।   ३५ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिमको समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको अध्यक्षता रहेको थियो ।   स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष डीसीले नेपाली चलचित्र क्षेत्रसँग सम्ब...

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
काठमाडौँ, साउन ७ गते । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ । विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो । त्यस अवसरमा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । विश...

मुख्यमन्त्री बानियाँ द्वारा श्री चक्रज्योती माबी काभ्रेको भवन उद्घाटन

मुख्यमन्त्री बानियाँ द्वारा श्री चक्रज्योती माबी काभ्रेको भवन उद्घाटन
हेटौँडा । श्री चक्रज्योति माध्यमिक विद्यालयकाे भवन उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय कञ्चनचन्द्र वादे तथा सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी विश...