मजदुरीबाट मेडिकल कलेजसम्म : छात्रवृत्तिमा एमबीबीएस नाम निकालेका साफी अरनिको कलेजद्वारा सम्मानित
विराटनगर / अभाव, गरिबी र संघर्षबीच पनि निरन्तर मिहिनेत र आत्मविश्वासले लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सिरहाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका सत्यनारायण साफी । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल साफीलाई विराटनगरस्थित अरनिको कलेजले मंगलबार नगदसहित सम्मान गरेको छ ।
सोही कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका साफीलाई ५१ हजार रुप...









