गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच बराबरी भागबण्डा
काठमाण्डाै – गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आठ जना मन्त्रीहरूलाई नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
नौ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेस र नेकपा एमालेले चार–चार जना मन्त्री पाएका छन् । मुख्यमन्त्री पाण्डे कांग्रेसको नेता हुनुहुन्छ ।
पुनर्गठित मन्त्रिपरिषदमा कांग्रेसबाट जीत शेरचन अर्थमन...









