विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको पाँच लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकलमा लत्ताकपडा ल्याउँदै गर्दा प्रहरी टोलीले नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीलाई देखेपछि चालक मोटरसाइकल र कपडा छाडेर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीले लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा बुझाएको छ।

फरार चालकको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया