भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित विदेशी नागरिक तथा पर्यटकको खोज, उद्धार र सहयोगका लागि सरकारी निकाय तथा सुरक्षा संयन्त्रले समन्वयमा काम गरिरहेका छन् ।
भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा आएको बाढीपछि नेपाल पर्यटन बोर्डका अनुसार भदौ १४ गते साँझसम्म २८९ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ । त्यस्तै, ५ जनासँग पुनः सम्पर्क स्थापित भएक...









