क्वालालम्पुर (मलेसिया)। बडादसैँको बिदाका अवसरमा मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावास तीन दिन बन्द रहने भएको छ। राजदूतावासले सार्वजनिक सूचना जारी गर्दै सन् २०२६ अक्टोबर २० देखि २२ तारिखसम्म नियमित कन्सुलर तथा प्रशासनिक सेवा बन्द रहने जनाएको हो।

राजदूतावासका अनुसार अक्टोबर २३ शुक्रबारदेखि नियमित सेवा पुनः सञ्चालन हुनेछ। बिदाका कारण राहदानी, कागजात प्रमाणीकरणलगायत दूतावासबाट प्रदान गरिने नियमित सेवाहरू प्रभावित हुने भएकाले सम्बन्धित सेवाग्राहीलाई आफ्नो कामको व्यवस्थापन सोहीअनुसार गर्न आग्रह गरिएको छ।

राजदूतावासले बडादसैँको अवसरमा मलेसियासहित इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाई दारुसलाम र इस्ट टिमोरमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।

दसैँ बिदाको अवधिमा कुनै आकस्मिक समस्या परेमा वा सहयोग आवश्यक भएमा राजदूतावासको हटलाइन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

नियमित सेवा बन्द रहने अवधिलाई ध्यानमा राख्दै आवश्यक कन्सुलर तथा प्रशासनिक काम समयमै सम्पन्न गर्नसमेत राजदूतावासले नेपाली नागरिकलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया