त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भागमा उद्धारकर्मी सक्रिय

त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भागमा उद्धारकर्मी सक्रिय
काठमाडौं । रसुवामा आएको बाढीका कारण त्रिशूली ३ ए सुरुङभित्र फसेका नागरिकहरूको उद्धार कार्यलाई तीव्रता दिन सुरक्षाकर्मी तथा उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्। उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म पहुँच पुर्याएर सानो प्वालमार्फत भित्र हावा पठाइएको छ। सुरुङभित्र अक्सिजनको व्यवस्था मिलाएसँगै खन्ने काम अघि बढाएर उद्धार टोलीलाई नै भित्र पठाउने योजनाका साथ टोली निरन्तर सक्रिय भइरहेको...

भोटेकोशी बाढी : उद्धारका लागि आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग

भोटेकोशी बाढी : उद्धारका लागि आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ । निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ । उद्धार कार्यमा संलग्न हेलिकप्टरहरूको सहज उडानका लागि नेपाली सेनासँगको...

भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै

भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ५२६, मकवानपुरका ६५ र नुवाकोटका ११५ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २७, सशस्त...

बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुलाई काठमाडौं महानगरको निःशुल्क यातायात

बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुलाई काठमाडौं महानगरको निःशुल्क यातायात
काठमाडौं। बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धारका लागि काठमाडौं महानगरपालिकाले स्थलमार्गबाट निःशुल्क यातायात सेवा सुरु गरेको छ। महानगरपालिकाले रसुवा र नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा रहेर अलपत्र परेका तथा काठमाडौँबाट आफन्तको खोजीमा ती क्षेत्रमा जाने नागरिकहरूलाई लक्षित गर्दै यो सेवा थालेको हो। सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी ...

भारतले पठायो चौथोपटक ‘टनेल टेक्निकल टिम’सहित राहत सामग्री

भारतले पठायो चौथोपटक ‘टनेल टेक्निकल टिम’सहित राहत सामग्री
काठमाडौं। भोटेकोसी बाढीपीडितका लागि भारतले चौथोपटक राहत सामग्री नेपाल पठाएको छ। भारतका विदेशमन्त्री एस जयशंकरले दिएको जानकारीअनुसार ११ टन राहत सामग्रीसहित शनिबार राति सी–१३० सैन्य विमान नेपाल पठाइएको हो। खोज र उद्धारका लागि उपकरणसहितको सुरुङ प्राविधिक टोली (टनेल टेक्निकल टिम), फोरेन्सिक उपकरणसहित डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हा...

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
काठमाडौँ, भदौ १४ गते । तेस्रो संस्करणको एसिसी प्रिमियर आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इम...

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभयो । सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको जानकारी दिनुभयो । यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आए...

भोटेकोशी नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति

भोटेकोशी नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति
काठमाडौँ । भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचना आएपछि त्रसित बनेका नदी तटीय क्षेत्रका नागरिकका लागि राहतको खबर आएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ । महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय, रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आ...

सायल गाउँपालिकाद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग

सायल गाउँपालिकाद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग
धनगढी । डोटीको सायल गाउँपालिकाले रसुवाका बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष धर्मराज जोशीका अनुसार बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै शनिबार बसेको बैठकबाट उक्त रकम कोषमा जम्मा गर्ने निर्णय भएको हो। यसैगरी, रसुवामा गएको बाढीमा...

भदौ १४ गते आइतबार, यस्तो छ तपाईको राशिफल

भदौ १४ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भावनात्मक उतारचढावका कारण निर्णय क्षमतामा अस्थिरता देखिन सक्ने भएकाले विवेकपूर्ण सोच र संयम अत्यावश्यक रहनेछ । अनावश्यक खर्चतर्फ झुकाव बढ्न सक्ने हुँदा आर्थिक अनुशासन कायम राख्नु हितकर हुनेछ । विशेष गरी सरकारी निकायसँग सम्बन्धित कार्यमा कानुनी पक्षप्रति सजग रहनु बुद्धिमानी हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा र सकारात्मक अवसरले ...