ओखलढुंगा । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि ओखलढुंगामा प्रहरीले एक जना चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–६ दुब्लेफलाटेका ३५ वर्षीय अर्जुन कुमार तामाङ रहेका छन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा सवारी साधन चलाइरहेका तामाङलाई मङ्गलबार दिउँसो मापसे गरी सवारी चलाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । मापसे गर्ने चालकमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सार्वजनिक सवारी साधन चलाउने चालकहरूलाई मादक पदार्थ तथा लागू पदार्थजस्ता नशा लाग्ने वस्तु सेवन गरेर सवारी नचलाउनसमेत जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया