झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद
भद्रपुर (झापा)- जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका रु पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका अवैध सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका स...









