भियतनाममा पर्यटक सवार डुंगा पल्टियो : ८ बालबालिकासहित ३४ को मृत्यु, ८ बेपत्ता
हा लङ बेमा डुंगा दुर्घटनाः ३४ जनाको मृत्यु, ८ अझै बेपत्ता
भियतनामको प्रसिद्ध पर्यटकीय स्थल हा लङ बेमा शनिबार दिउँसो आएको आकस्मिक आँधीबेहरीले पर्यटक बोकेको डुंगा पल्टिँदा ३४ जनाको ज्यान गएको छ भने ८ जना अझै बेपत्ता रहेका छन्।
‘वन्डर सी’ नामक डुंगामा ४८ जना यात्रु र ५ जना चालक दलका सदस्यसहित ५३ जना भियतनामी नागरिक सवार थिए। डुंगा युनेस्कोद्वारा सूचीकृत विश्व सम्पदा क्षेत्र हा लङ बेको भ्रमणमा थ...









