वरिष्ठ समाजसेवी तथा राप्रपा नेता शोभित उप्रेतीले नयाँ सरकार गठनसँगै देश पुनः द्वन्द्वको दिशातर्फ उन्मुख हुन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउजस्ता घटनाले मुलुक अस्थिरताको नयाँ चरणमा प्रवेश गर्न सक्ने संकेत गरेको बताएका हुन्।

उप्रेतीका अनुसार वर्तमान राजनीतिक परिस्थितिले नेपाललाई पुनः अस्थिरताको भुमरीमा धकेल्ने जोखिम बढाएको छ। यस्तो अवस्थामा देशलाई जोगाउन सबै राजनीतिक तथा सामाजिक शक्तिहरूबीच संवाद र सहकार्य अपरिहार्य रहेको उनले जोड दिएका छन्। विभिन्न शक्तिहरूबीच सन्तुलन कायम गरेर मात्रै राष्ट्रको दीर्घकालीन हित सुनिश्चित गर्न सकिने उनको भनाइ छ।

त्यसैगरी, उनले मुलुकमा अन्तर्राष्ट्रिय शक्तिहरूको हस्तक्षेप बढ्दो क्रममा रहेको संकेत गर्दै नेपाल कुनै पनि शक्ति राष्ट्रहरूको परीक्षण स्थल बन्न नहुने स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया