पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । उनलाई आज बिहान प्रहरीले भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । जरुरी पक्राउ पुर्जी थमाएर उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया