रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । आम्दानी बढ्नेछ र विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुनेछ ।

वृष
आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने अवसर प्राप्त हुन सक्छ । चुनौतीहरू हटाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जाने सम्भावना छ । पुरानो गतिले पनि काम बिग्रन सक्छ ।

मिथुन
प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्य कमजोर हुने र उपचारमा खर्च लाग्ने सम्भावना छ । मुख्य काममा बाधा आउँदा मन खिन्न हुन सक्छ ।

कर्कट
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । प्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले खुशी बढ्नेछ । धेरैले कामको तारिफ गर्नेछन् । अन्नको पनि लाभ हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ ।

सिंह
मान सम्मान बढ्नेछ र बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कन्या
नयाँ काममा सम्झौता गर्नुपरेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल हुनुहुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन कठिनाई हुन सक्छ । हुलमुलमा धनमाल हराउन सक्ने भएकाले सचेत रहनुहोस् । टाढाको यात्राको पनि सम्भावना छ । कामको चाप र थकाइबाट मुक्त भएर विश्राम पाइनेछ ।

तुला
आज मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटेपनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ । स्वास्थ्य कमजोर हुँदा चिताएको काम गर्न नसकिनेछ ।

वृश्चिक
पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । साना घरेलु काममै अल्झनुपर्दा मन खिन्न हुन सक्छ । सवारीमा सावधानी अपनाउनुहोस् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।

धनु
प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदा हुने योग छ । विगतको श्रमबाट धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

मकर
नयाँ काममा हात हाल्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाभ लिन सकिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ ।

कुम्भ
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने प्रयास गर्न सक्छन् । विशेष योजना गोप्य राख्नुहोस् । लगनशीलताले कीर्तिमानी उपलब्धि दिलाउन सक्छ ।

मीन
रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार गर्नुहोस् । काम स्थगित हुँदा मन खिन्न हुन सक्छ ।

तपाईको प्रतिक्रिया