विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ ।

बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुने जनाएको हो ।

चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसइई परीक्षामा यो वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिनेछन् ।

परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यो वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षामा सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन् ।

यो वर्ष कोशी प्रदेशबाट ८२ हजार ४८७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया