काठमाडौं । जेनजी मुभमेन्ट नेपालले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयको स्वागत गरेको छ ।

शनिबार उक्त सङ्गठनले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो ।

साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत अविलम्ब पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी प्रक्रिया अगाडि बढाउन समेत सो सङ्गठनले सरकारसँग जोडदार माग गरेको छ ।

उक्त सङ्गठनले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने कुनै पनि प्रकारको षडयन्त्रप्रति सचेत रहेको बताउँदै यस्ता प्रयासहरू भए देशैभरि युवाहरू थ्प सशक्त र कठोर सङ्घर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया