सर्वदलीय बैठक बस्दै, संसद् अधिवेशन केन्द्रित छलफल हुने

सर्वदलीय बैठक बस्दै, संसद् अधिवेशन केन्द्रित छलफल हुने
काठमाडौं। संघीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै तयारीका लागि आज सर्वदलीय बैठक बस्दै छ। संसदमा प्रतिनिधित्व गरेका सबै दललाई आज १ बजे सर्वदलीय बैठकका निम्ति निम्तो दिएअनुसार आज बैठक बस्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को चैत १६ को सिफारिसअनुसार चैत १९ गते अपराह्न २ बजे संघीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छ...

रोशी खोलामा पानीको बहाव बढेपछि बीपी राजमार्ग अनिश्चितकालीन बन्द

रोशी खोलामा पानीको बहाव बढेपछि बीपी राजमार्ग अनिश्चितकालीन बन्द
काठमाडौँ : बिपी राजमार्गमा मंगलबार साँझदेखि अनिश्चितकालीन रूपमा यातायात सञ्चालनमा रोक लगाइएको छ। मंगलबार साँझ ७ बजेदेखि राजमार्गअन्तर्गत भकुण्डे–नेपालथोक खण्डमा भारी वर्षा भई रोशी खोलामा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको दक्षिणी क्षेत्...

पञ्चकन्या माविमा १ लाख १ हजारको अक्षयकोष स्थापना

पञ्चकन्या माविमा १ लाख १ हजारको अक्षयकोष स्थापना
भोजपुर — भोजपुर जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। उक्त विद्यालयका पूर्वविद्यार्थी डा. नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय आपा नरबहादुर तामाङ तथा जीवित सितामाया तामाङको संयुक्त नाममा रु १ लाख १ हजार १ सय ११ बराबरको अक्षयकोष स्थापना गरेका हुन्। उक्त अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाह...

विद्यालय तहका प्रवेश परीक्षा तयारी र ब्रिजकोर्स मात्रै बन्द गर्ने निर्णय

विद्यालय तहका प्रवेश परीक्षा तयारी र ब्रिजकोर्स मात्रै बन्द गर्ने निर्णय
काठमाण्डौ - शिक्षामन्त्री सस्मित पोखरेलले एसइइ दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताउनुभएको छ । हिजो मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा उहाँले एसइइ दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको बताउनुभयो । यसअघि मन्त्रालय...

स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल

स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल
काठमाडौँ, चैत १६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले आज छलफल गरेका छन् । मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम स्वास्थ्य बिमामार्फत एकद्वार प्रणालीमा सञ्चालन गर्र्ने गरी अघि बढाइने बताउनुभयो । उहाँले स्वास्थ्यका सामाजिक सुरक्षा कार्यक्रमलाई एक ठाउँमा ल्याउन सके वित्तीय अवस्था बलियो हुनेसमेत ...

घर निर्माण प्रदर्शनी २०८२ मा ५ स्टललाई एक्सिलेन्स अवार्ड

घर निर्माण प्रदर्शनी २०८२ मा ५ स्टललाई एक्सिलेन्स अवार्ड
विराटनगरमा आयोजित घर निर्माण प्रदर्शनी–२०८२ मा पाँच स्टललाई ‘एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ। उद्योग संगठन मोरङद्वारा आयोजित उक्त प्रदर्शनीको समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका स्टलहरूलाई सम्मान गरिएको हो। सम्भावनायुक्त नयाँ व्यवसायी (स्टार्टअप) तर्फ हनुमन्ता रर्ग्स प्रालि, उत्कृष्ट स्टल डिजाइन तथा सजावटतर्फ मार्वल टेक्नोप्लास्ट प्रालि, नविन तथा अन्तरक्रियात्मक उत्पादन प्रस्तुतित...

चैत्र १७ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

चैत्र १७ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष अनावश्यक विवादमा फस्ने सम्भावना छ, त्यसैले बोल्दा धैर्य अपनाउनु राम्रो हुनेछ । व्यापारमा भने लाभ हुने संकेत छ, तर पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सक्ने योग छ । अनौठो समाचार सुन्न पाइएला । अनावश्यक डर र वादविवादबाट टाढा रहनुहोस्, झगडाको सम्भावना पनि रहन्छ । वृष व्यापारमा गरिएको लगानी सन्तोषजनक रहनेछ । अरूबाट प्रशंसा पाइनेछ र मन प्रसन्न रहनेछ । सामाजिक कार्यबा...

ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङद्वारा साइबर ब्युरोमा उजुरी

ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङद्वारा साइबर ब्युरोमा उजुरी
काठमाण्डाै – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ । अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आईडीबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले उजुरी दिएको जानकारी दिनुभयो । ‘मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिई टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा ...

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित
काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी शुरुवात गरेको छ । घरेलु मैदान वानखेडेमा हिजो भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो । कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका रायन रिकेल्टनले ८१ र रोहित शर्माले ७८ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ...

आजको राशिफल ~वि.सं. २०८२ चैत्र १६ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ चैत्र १६ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष नयाँ कामको सुरुवात खासै राम्रो देखिँदैन । कार्य क्षेत्रमा हैरानी बढ्न सक्छ भने व्यापारमा घाटा सहनु पर्ने संकेत छ । मनमा द्विविधा रहन सक्छ । सामाजिक क्षेत्रमा भने नाम रहनेछ, तर जागिरमा सतर्क रहनु उचित हुन्छ । स्वास्थ्य सामान्य रहनेछ र आर्थिक लाभसँगै मान सम्मान प्राप्त हुने सम्भावना छ । वृष चल–अचल सम्पत्तिको कारोबार हुने योग छ । वैवाहिक जीवन सुखद रहनेछ र पाहुनाको आगमन हुन सक्छ । प्रेम र मित...