चीनको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक
काठमाण्डौं । चीनले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। यस योजनालाई चीनको भावी विकासको मार्गचित्रका रूपमा लिइएको छ, जसले विश्व अर्थतन्त्रमा आफ्नो अग्रसरता कायम राख्ने रणनीतिलाई समेत समेटेको छ।
अनुसन्धानकर्ता डा. सीता ढुंगानाका अनुसार योजना दुई चरणको व्यापक छलफल तथा जनपरामर्शपछि तयार पारिएको हो। योजनाको कार्यान्वयन तथा आवश्यक कानुन निर्माणको जिम्मेवारी...









