देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख, घाइतेलाई ५० हजार दिँदै प्रदेश सरकार

देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख, घाइतेलाई ५० हजार दिँदै प्रदेश सरकार
विराटनगर। कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ। सरकारले घर, पसल अन्य आगजानी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आयोजना गरेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।...

चिकित्सा शिक्षा आयोगद्वारा चालु आर्थिक वर्षका लागि ६ अर्ब बढीको बजेट स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा चालु आर्थिक वर्षका लागि ६ अर्ब बढीको बजेट स्वीकृत
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ, साउन १३ गते । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२० कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र ...

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल
काठमाडौँ, साउन १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रम...

प्रभु बैंकको ४१ हजार ९ सय संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

प्रभु बैंकको ४१ हजार ९ सय संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौं, १३ साउन । प्रभु बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ४१ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। विभिन्न तीन जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि ३५ दिनको समय दिँदा कुनै आवेदन नपरेपछि अब अन्य इच्छुक लगानीकर्ताका लागि खुला गरिएको हो। बैंकका अनुसार सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाश...

सिटिजन लाइफको बीमा सेवा चार दिन प्रभावित

सिटिजन लाइफको बीमा सेवा चार दिन प्रभावित
काठमाडौं, १३ साउन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बीमा व्यवस्थापन प्रणाली स्तरोन्नति गर्ने क्रममा चार दिन सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ। कम्पनीका अनुसार साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म बीमा सम्बन्धी अधिकांश सेवा उपलब्ध हुने छैन। हाल सञ्चालनमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई थप आधुनिक र सुरक्षित ‘आईसोलुसन भर्सन नेक्स्ट’मा रूपान...

आजको राशिफलः बिसं २०८३ साउन १३ गते बुधवार

आजको राशिफलः बिसं २०८३ साउन १३ गते बुधवार
आजको राशिफलः बिसं २०८३ साउन १३ गते बुधवार, ई सं २०२६ जुलाई २९, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ पुर्णिमा, आषाढ शुक्ल पक्ष, असार शुक्ल पुर्णिमा, नक्षत्रः जेष्ठा, चन्द्रमा मकर राशीमा, सुर्य कर्कट राशीमा, योगः प्रिति, करणः भद्रा । आज नेपालमा सुर्योदय बिहान ५ः२४ मिनेटमा र सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर खाएर जुनसुक...

अन्ततः शाही बन्ने भए कर्णालीको पाँचौ मुख्यमन्त्री

अन्ततः शाही बन्ने भए कर्णालीको पाँचौ मुख्यमन्त्री
सुर्खेत, १२ साउन । नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता मंगलबहादुर शाहीले कर्णालीको भावी मुख्यमन्त्रीमा  दाबी पेस गरेका छन् ।   आज प्रदेश प्रमुखको कार्यालयमा पुगेर समयसिमा भित्रै साँझ ५ बजे अघि उनले कर्णाली भावी पाँचौ मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गरेका हुन् ।   केन्द्रमा सहमति भए अनुसार शाहीलाई नेकपा एमालेले समर्थन जनाएको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकर...

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरेका छन् । छलफलमा आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको थियो । छलफलपछि सञ्चारकर...

सीसीआरसीको सहज जित

सीसीआरसीको सहज जित
काठमाडौँ, साउन १२ गते । सीसीआरसीले एसआरसी प्लस टु अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा मङ्गलबार जित हात पारेको छ । कीर्तिपुरस्थित कभर्डहलमा सीसीआरसीले ओमेगालाई ८०–४७ ले सहजै हरायो । सीसीआरका सवाज खानले २२ स्कोर गर्नुभयो । पहिलो क्वाटरमा २४–७ को अग्रता लिएको सीसीआरसीले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमश: १८–१६, २३–१४, १५–१० स्कोर गर्‍यो । एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायो...