धनुषामा बिहान दुई घण्टा कर्फ्यु खुकुलो
जनकपुरधाम, साउन १५ गते । जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।
कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन् ।
त्यसैग...









