कुखुरापालनमा रोग, बजार र लगानी अभाव प्रमुख समस्या
विराटनगर । नेपालको कृषि क्षेत्रको मेरुदण्ड मानिने कुखुरापालन व्यवसाय अहिले बहुआयामिक संकटबाट गुज्रिरहेको छ। बजार अभाव, लगानीको कमी र रोगको प्रकोप मुख्य चुनौतीका रूपमा देखिएका छन्।राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणअनुसार ४५ प्रतिशत किसानले आफूले उत्पादन गरेको कुखुरा तथा अण्डाले उचित बजार नपाएको गुनासो गरेका छन्। प्रदेशगत रूपमा लुम्बिनी प्रदेश (५६.५%), कोशी प्रदेश (५४.६...









