मोरङ । पशु सेवा विभागले मोरङ जिल्लाका सुन्दरहरैचा नगरपालिका-४ र उर्लाबारी नगरपालिका-८ मा बर्ड फ्लु (H5N1) संक्रमण पुष्टि भएको जनाएको छ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट चैत ४ गते उच्च संक्रामक एभियन इन्फ्लुएन्जा देखिएको हो। सरकारको निर्णयअनुसार प्रभावित क्षेत्रलाई नियन्त्रण क्षेत्र घोषणा गरी पन्छी, अण्डा तथा सम्बन्धित सामग्री नष्ट गर्ने र निःसंक्रमण गर्ने काम सुरु गरिएको छ।
संक्रमण फैलिन नदिन स्थानीय, प्रदेश र संघीय निकाय परिचालित छन्। विभागले फार्ममा अनावश्यक आवतजावत रोक्न, निःसंक्रमण अनिवार्य गर्न, मरेका पन्छी सुरक्षित व्यवस्थापन गर्न र शंका लागेमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ।
महानिर्देशक डा. उमेश दाहालले सबै सरोकारवालालाई सतर्कता अपनाउन अपिल गरेका छन्।
बर्ड फ्लु पुष्टि: मोरङका दुई क्षेत्रमा सतर्कता कडा





