तौलिहवा(कपिलवस्तु), चैत्र ७ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार निमित्त प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

जारी आदेशअनुसार चैत ७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको निमित्त प्रजिअ भविश्वर घिमिरेले बताउनुभयो ।

आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने उहाँको भनाई छ । कपिलबस्तुको महाराजगंज नगरपालिकाको वडा नं. २ बरगदामा दुई समुदायबिच भएको विवादका कारण निषेधाज्ञा जारी गरिएको निमित्त प्रजिअ घिमिरेले बताउनुभयो ।

निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमाना पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगंज चोक, उत्तरमा महाराजगंज बजार र दक्षिणमा हर्दोना तोकिएको छ ।

तपाईको प्रतिक्रिया