मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह

मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह
मोरङको सुन्दरहरैंचा नगरपालिका-४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ। कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भए लगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन तत्काल प्रतिबन्धात्मक र सावधानीका उपाय लागू गरिएको बताएका छन्। नगरपालिकाका अनुसार प्रभावित फार्म वरपरका कु...

बिर्तामोड बसपार्क क्षेत्रमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दो, प्रहरी सक्रिय

बिर्तामोड बसपार्क क्षेत्रमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दो, प्रहरी सक्रिय
झापा । बिर्तामोड बसपार्क क्षेत्र आसपासका होटलहरूमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको गुनासो बढेपछि नेपाल प्रहरी सक्रिय बनेको छ। गए राति करिब ९:४५ बजे अर्जुनधारा नगरपालिका–११ स्थित राईमान होटल एन्ड लजमा गरिएको ‘सर्च अपरेशन’का क्रममा ५ युवतीसहित १० जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा पर्ने युवतीहरू १८ देखि २४ वर्ष उमेर समूहका रहेका छन् भने ग्राहकका रूपमा भ...

एनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट

एनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट
काठमाडौं, मार्च २०, २०२६— नव-निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ। उक्त भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। नव-निर्वाचित नेतृत्वका तर्फबाट बोल्दै डा. शर्माले नेपाल स...

मध्यपूर्व युद्धः ८२ हजार नेपालीले स्वेदश फर्किन नाम दर्ता गराए

मध्यपूर्व युद्धः ८२ हजार नेपालीले स्वेदश फर्किन नाम दर्ता गराए
काठमाडौं। इजयरायल र अमेरिकाले आक्रमण गरेपछि प्रत्याक्रमणमा उत्रिएको इरानले छिमेकी देशमा ड्रोन र मिसाइल आक्रमण गरेसँगै खाडी मुलुकको रोजगारमा रहेका नेपाली पनि प्रत्यक्ष प्रभावित भएका छन्। खाडी मुलुकमा रहेका नेपालीमध्ये हालसम्म ८२ हजार १०० जनाले उद्धार र सहायताका लागि सरकारी वेब पोर्टलमा दर्ता गराएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। ६ हजार युद्धका कारण असुरक्षित रहेक...

हावाहुरी तथा आगलागी नियन्त्रणबारे दरैया चोकमा सचेतना कार्यक्रम सम्पन्न

हावाहुरी तथा आगलागी नियन्त्रणबारे दरैया चोकमा सचेतना कार्यक्रम सम्पन्न
विराटनगर । हावाहुरी तथा आगलागीबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–१६ दरैया चोकमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रममा विपद् व्यवस्थापन, आगलागीबाट जोगिने उपाय, तथा हावाहुरीका बेला अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो। कार्यक्रममा सुरक्षाकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूले आगलागी नियन्त्रण...

हावाहुरीका कारण हवाई तथा सडक यातायात प्रभावित

हावाहुरीका कारण हवाई तथा सडक यातायात प्रभावित
काठमाडौँ, चैत ६ गते ।  मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार शुक्रबार राति र शनिबारसम्म मधेस प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागमा हावाहुरी चल्ने बताएको छ । हावाहुरीका कारण कमजोर रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ । हावाह...

शनिवार इदको सार्वजनिक बिदा

शनिवार इदको सार्वजनिक बिदा
काठमाडौँ, चैत ६ गते । सरकारले ईस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्–उल–फित्र) का अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार २०८२ साल चैत ७ गते शनिवारका दिन ईद परेको जानकारी आएकाले सो दिन सार्वजनिक बिदा हुने स्पष्ट पारेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा वि.सं. २०८१ फागुन १५ ग...

आर्मीलाई हराउँदै पुलिसले लगातार दोस्रो पटक जय ट्रफी क्रिकेटको उपाधि जित्यो

आर्मीलाई हराउँदै पुलिसले लगातार दोस्रो पटक जय ट्रफी क्रिकेटको उपाधि जित्यो
काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ । आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले खेलको तेस्रो तथा अन्तिम दिन ६ विकेट गुमाएर भेटायो । पुलिसका रशिद खानले ८१, कुशल भुर्तेलले ५१ रन बनाए । आर्मीका शाहब आलम र पवन कार्कीले २/२ विकेट लिए । दोस्रो पारीमा आर्मीले २२६ रन बनाएको थियो । आर्मीका आकाश चन्दले ३७, कुश...

विदेश घुम्ने प्याकेज भन्दै झन्डै तीन करोड ठगी, नेपालीसहित सात जना पक्राउ

विदेश घुम्ने प्याकेज भन्दै झन्डै तीन करोड ठगी, नेपालीसहित सात जना पक्राउ
काठमाडौं। काठमाडौं महानगर १० स्थित थापागाउँमा श्रीटेल होलिडेज नामको ट्राभल एजेन्सी ठगी गरेको आरोपमा सात जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६ जना भारतीय र एक जना नेपाली छन्। सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिकालगायतका १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने ‘प्याकेज अफर’ देखाउँदै ठगी आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ मा थापागाउँस्थित सो ट्राभलको ...

‘जलाकी’मा कलाकारको घुम्ती कथा: सोनम फर्किँदा धीरज बाहिरिए

‘जलाकी’मा कलाकारको घुम्ती कथा: सोनम फर्किँदा धीरज बाहिरिए
नेपाली फिल्म क्षेत्रमा कलाकार हेरफेर हुनु नौलो विषय होइन । तर, फिल्म ‘जलाकी’मा देखिएको कलाकार परिवर्तनको क्रम भने केही फरक र रोचक बनेको छ । फिल्मको २०८१ साल चैतमा भएको शुभमुहूर्तमा मुख्य भूमिकाका लागि अभिनेता सोनम तोप्देन अनुबन्धित थिए । अभिनेत्री उपासना सिंह ठकुरीसँग उनको जोडी तय गरिएको थियो । तर, मुहूर्तपछि लामो समयसम्म छायांकन अघि बढ्न नसक्दा सोनम अर्को फिल्म ‘ऐरी’मा व्यस्त बने । ‘ऐरी’को छायां...