अजम्बर पुलामी-
७ चैत, बेलका / उदयपुरको बेलका नगरपालिकामा सञ्चालन हुँदै आएको श्रमदान अभियान २४औँ हप्तासम्म आइपुग्दा पनि निरन्तर जारी रहेको छ। आज सेतिखोला देखि रामपुरसम्म सयौं संख्यामा श्रमदाताहरू सहभागी भई श्रमदान गरेका छन्।
अभियानअन्तर्गत सडकको दायाँबायाँ फैलिएका झाडी सरसफाइ गर्नुका साथै विभिन्न प्रकारका फोहोर व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।
यसैबीच, श्रमदान अभियानकै क्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै करिब ५० जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
आजको कार्यक्रममा विभिन्न व्यवसायी तथा समाजसेवीहरूले नगद तथा खाद्यान्न सहयोग गरेका छन्। रंगमहल होटलले ६ वटा जम्बो डिउ र एक थान प्लास्टिक गिलास प्रदान गरेको छ भने किरात राई यायोक्खा बेलका-९ का अध्यक्ष प्रताप राईले रु २ हजार सहयोग गरेका छन्। त्यसैगरी जलकुमार राईले रु १ हजार तथा बुद्धि साम्पाङ्गले ४ कार्टुन चाउचाउ सहयोग गरेका छन्।
श्रमदान अभियान प्रत्येक हप्ताको शनिबार बिहान ८:०० बजेदेखि सञ्चालन हुँदै आएको छ ।
बेलकामा श्रमदान अभियान निरन्तर, २४ हप्तामा पनि उत्साह कायमै, श्रमदान अभियानकै क्रममा ५० जना श्रम संस्कृति पार्टीमा प्रवेश





