उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सोमबारदेखि पहिलोपटक महिला प्रहरी निरीक्षक नवीना वलीले सम्हाल्ने भएकी छन्। उनी उपत्यका प्रहरी कार्यालय उजुरी छानबिन तथा मानवअधिकार शाखा, रानीपोखरी, काठमाडौंबाट सरुवा भएकी हुन्।
अघिल्लो इन्चार्ज प्रहरी निरीक्षक रञ्जन बराल सुनसरीको दुहबीस्थित विशेष सुरक्षा गणमा सरुवा भएका छन्। यससँगै प्रहरी मुख्यालयले २४ इन्सपेक्टरको सरुवा गरेको छ।
वि.सं. २०५० देखि उर्लाबारी इप्रकामा इन्सपेक्टरको दरबन्दी थप भए पनि यसअघि पहिलोपटक महिला नेतृत्वमा कमाण्ड हस्तान्तरण हुँदैछ। इन्सपेक्टर वलीलाई प्रहरी संगठनमा कुशल अधिकृतका रूपमा लिइन्छ।
उर्लाबारी प्रहरीको कमाण्ड पहिलोपटक महिलाले सम्हाल्ने





