भोटेकोसीको विनाशकारी बाढीपछि त्रिशूली जलविद्युत् र मल्टी इनर्जी डेभलपमेन्टको रेटिङ ‘शंकास्पद’ निगरानीमा
काठमाडौं। भदौ १० मा रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीपछि विभिन्न विद्युत् आयोजनामा अर्बौंको लगानी खेर गएको छ। बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन, निर्माण चरणमा रहेका र निर्माण सम्पन्न आयोजनामा ठूलो क्षति पुगको छ।
रेटिङ एजेन्सी इक्रा नेपालले त्रिशूली जलविद्युत् कम्पनी र मल्टी इनर्जी डेभलपमेन्टको ऋण रेटिङलाई शंकास्पद निगरानी (वाच लिस्ट)मा राखेको छ। बाढीले जलविद्युत् आयोजनाको भौतिक संरचनामा ...









