कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनसङ्ख्या घट्दै जाने प्रवृत्तिलाई निरुत्साहित गर्न लागू गरेको ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता’ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८२/८३ मा १७ परिवार लाभान्वित भएका छन् ।
गाउँपालिकाले कार्यविधिअनुसार तेस्रो सन्तान जन्माउने योग्य परिवारलाई मासिक चार हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रम परिवारलाई सन्तानप्रति सकारात्म...








