वैदेशिक रोजगार विभागको सक्रियताः एकै दिन नौ जना पक्राउ

वैदेशिक रोजगार विभागको सक्रियताः एकै दिन नौ जना पक्राउ
काठमाडौं, ४ असार । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ । विभागका अनुसार यही असार ३ गते मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् । पछिल्लो विवरण अनुसार २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने नौ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ। यसै गरी, नौ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैङ...

भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह

भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह
सौगात विष्ट ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको भू–उपयोग वर्गीकरण कार्य सम्पन्न गर्दै सम्बन्धित जग्गाधनीलाई आवश्यक विवरण सच्याउन आग्रह गरेको छ । गाउँपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ बमोजिम जग्गाहरूको प्रारम्भिक वर्गीकरण गरिएको हो । सूचनाअनुसार गाउँपालिकाले तयार पारेको प्रा...

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने सहमति

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने सहमति
विराटनगर/ परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन् । उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए । भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्रालयले जनाएको छ ।...

एसभीपी सँग कुनै सम्बन्ध छैन, भ्रामक प्रचारले प्रतिष्ठामा असर पुग्यो : संचालक पौडेल

एसभीपी सँग कुनै सम्बन्ध छैन, भ्रामक प्रचारले प्रतिष्ठामा असर पुग्यो : संचालक पौडेल
काठमाडौं । साउदी अरब रोजगारीका लागि लागू गरिएको स्किल भेरिफिकेशन प्रोग्राम (एसभीपी) सम्बन्धी विवादमा आफ्नो कम्पनीको नाम जोडेर भ्रामक प्रचार गरिएको भन्दै मदरल्याण्ड ओभरसिज प्रालिले आपत्ति जनाएको छ। कम्पनीका अध्यक्ष टेकबहादुर पौडेलले एसभीपी कार्यक्रमसँग आफ्नो कम्पनीको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै तथ्यहीन प्रचारले व्यवसायिक प्रतिष्ठामा नकारात्मक असर पुगेको बताएका छन्। पौडेलका अनुसार मदरल्याण्...

तमिलनाडुका मुख्यमन्त्री बिजय पारिवारिक संकटमा, ७ अगस्तमा सबन्धबिच्छेद हुने

तमिलनाडुका मुख्यमन्त्री बिजय पारिवारिक संकटमा, ७ अगस्तमा सबन्धबिच्छेद हुने
हैदारावाद, ४ असार । तमिलनाडुका मुख्यमन्त्री तथा पूर्व अभिनेता विजय र उनकी श्रीमती संगीता बीचको सम्बन्ध विच्छेद हुने नै भएकोछ  ।    तर, सबन्ध बिच्छेदको मुद्दाको सुनुवाइ गत सोमबार चेंगलपट्टु जिल्लाको महिला अदालतमा भए पनि दुवै पक्ष उपस्थित भएनन्। अदालतले पहिले व्यक्तिगत रूपमा उपस्थित हुन आदेश दिएको थियो। मुद्दाको अर्को सुनुवाइ अब अगस्ट ७ मा हुने जनाएको छ । यस मुद्दाको पहिलो सुनुवाइ गत अप्र...

इन्जुरी समयमा पनामामाथि घानाको रोमाञ्चक जीत

इन्जुरी समयमा पनामामाथि घानाको रोमाञ्चक जीत
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा घानाले विजयी शुरुआत गरेको छ । समूह ‘एल’ अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई १–० गोलले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो । खेलभर दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी कायम थियो । तर इन्जुरी समयमा घानाका युवा फरवार्ड क्यालेब केरान्तीले निर्णायक गोल गरे । खेलको अन्तिम क्षणमा आएको उक्त ग...

दिपक भट्ट र सुलभ अग्रवाल जेल चलान

दिपक भट्ट र सुलभ अग्रवाल जेल चलान
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा मुछिएका सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई थुनामा पठाउने निर्णय गरेको हो। थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो। स्मरण रहोस्, प्रहरीले दिपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्र...

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति
काठमाडौं, ४ असार । पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो महँगा घडी मात्र होइन, महँगा कारहरूको पनि शौकिन हुन्।  बेलायती वेबसाइट द सनको रिपोर्ट अनुसार यी महान फुटबल खेलाडीसँग १९ करोड बढी मूल्यको घडी छ। रोनाल्डोकी प्रेमिका र पार्टनर जर्जिना रोड्रिगेजसँग ४९ करोड भन्दा बढी मूल्यको हीरा सेट रहेको छ। क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको जीवनशैली नेटफ्लिक्सको कार्यक्रम ‘आई एम जर्जिना’ मा प्रस्...

आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द
काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ।   नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् ।   भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ अर्थात एसओपीका कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसके पछि उधोगीहरूले चिया बगान र उधोग ...

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ
झापा। सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने स्याङ्जा भीरकोट नगरपालिका-२ लुगाडाँडा घर भएका ३९ वर्षीय संजिव नेपाली र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएकी ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन्। आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अंग्रेजी भाषामा बोली प्रिन्स तमाङ नाम बताउन...