गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

सोमबार अपराह्न ४ बजेतिर स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्से जाँदै गरेको बा ०२२० नम्बरको गाडी दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा ४ जना घाइते भएका छन्। त्यसमा ९ जना यात्रु सवार थिए।

दुर्घटनामा घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी (स्याङ्जा) पठाइएको छ।

घटनास्थलमा ज्यान गुमाएकाहरूको शव घटनास्थलबाट निकालेर पहिचान गर्ने काम भइरहेको छ। अहिलेसम्म मृतकहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया