पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राप्रपाका नेता तथा कार्यकर्ताहरू

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राप्रपाका नेता तथा कार्यकर्ताहरू
काठमाडौँ- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँको सिंहदरबारस्थित मुख्य द्वारअगाडि रहेको उनको शालिकमा पुष्प तथा माल्यार्पण गरिएको छ। सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, कमल थापालगायत शीर्ष नेताहरू, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो। उनीहरूले पृथ्वीनारायण शाहका साथै पूर्वराजा ज्ञानेन्द्...

गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशनको उद्घाटन

गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशनको उद्घाटन
काठमाडौँ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन्। उनीहरूले दीप प्रज्वलन गरी बिरुवामा पानी हालेर औपचारिक रुपमा विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। त्यसक्रममा उनीहरूले बेलुनसमेत उडाएका थिए। नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट भृकुटीमण्डपमा सुरु भएको छ। महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा विशेष महाधिवेशन सुरु भएको हो।...

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामेश्वरप्रसाद बस्याल नियुक्त

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामेश्वरप्रसाद बस्याल नियुक्त
काठमाडौं: सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। नियुक्ति २०८२ फुस २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ। बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको लामो अनुभव सँगालेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए। सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले यहाँ प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहा...

‘वित्तीय दबाब झेलेको अवस्थामा आयल निगमको नाफा साढे १३ अर्ब’

‘वित्तीय दबाब झेलेको अवस्थामा आयल निगमको नाफा साढे १३ अर्ब’
काठमाडौं। नेपाल आयल निगमले गत आर्थिक वर्ष १३ अर्ब ६० करोड नाफा कमाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले आयल निगमले आर्थिक मन्दी र वित्तीय दबाबका बाबजुद १३ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको बताएका हुन्। शुक्रबार आयल निगमको ५५औँ वार्षिकोत्सव तथा केन्द्रीय कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले भने, ‘विगतका वर्षमा देखिएको कमजोर आर्थिक अवस्थाका ...

खनिजको धनी टापु ग्रिनल्याण्डलाई ‘सजिलो’ वा ‘कडा’ जसरी हुन्छ कब्जा गर्नुपर्छः ट्रम्प

खनिजको धनी टापु ग्रिनल्याण्डलाई ‘सजिलो’ वा ‘कडा’ जसरी हुन्छ कब्जा गर्नुपर्छः ट्रम्प
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रनिल्याण्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै शुक्रबार फेरि ग्रिनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएका छन्। तेल कम्पनीका कार्यकारीसँग भेनेजुएलामा तेलका लागि लगानी गर्ने विषयमा ह्वाइट हाउसमा आयोजित भेटमा राष्ट्रपति ट्रम्पले भने, 'उनीहरूले यो मन पराउन् वा नपराउन् हामी ग्रीनल्याण्डमा पनि केही गर्ने छौँ।' ग्रि...

विशेष महाधिवेशनको विषयमा कांग्रेस मोरङका नेता–कार्यकर्ता विभाजित

विशेष महाधिवेशनको विषयमा कांग्रेस मोरङका नेता–कार्यकर्ता विभाजित
मोरङ – नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनको विषयमा जिल्ला तहका नेता तथा कार्यकर्ता विभाजित देखिएका छन्। मोरङबाट भने अधिकतम ५५ जनासम्म आइतबारबाट सुरु हुने भनिएको विशेष महाधिवेशनका लागि काठमाडौँ पुग्ने देखिएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति भक्तिनाथ माझीका अनुसार जिल्लाबाट ५० देखि ५५ जनासम्म विशेष महाधिवेशनमा सहभागी हुने देखिएको हो। विशेष महाधिवेशनका लागि भनेर जिल्लाबाट श...

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की
काठमाडौँ, पुस २६ गते। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज यहाँ आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाल...

रास्वपा सचिवालयको आकस्मिक बैठक

रास्वपा सचिवालयको आकस्मिक बैठक
काठमाडौँ, पुस २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिनुभयो। उहाँका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ । पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो...

बागलुङ नगरपालिकाको वित्तिय प्रगति २२.४५ प्रतिशत

बागलुङ नगरपालिकाको वित्तिय प्रगति २२.४५ प्रतिशत
रामकृष्ण बोहरा बागलुङ, पुस २६ गते । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति गरेको छ । शुक्रबारदेखि सुरु भएको नगरसभाको १८ औं अधिवेसनमा नगर उपप्रमुख राजु खड्काले आर्थिक वर्ष २०८२/०८३ को पुस २१ गतेसम्म २९ करोड ४० लाख ९८ हजार ८ सय खर्च भएको जानकारी दिनुभयो । नगरउपप्रमुख खड्काका अनुसार, चालु आर्थिक वर्षको ६ महिनामा चालु खर्चतर्फ ८४ करोड, ४१ लाख ७ हज...

वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन
काठमाडौँ, पुस २६ गते । वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ । उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल ल्याउने क्रममा उहाँको निधन भएको हो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिनु भएका...