काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विवादित व्यक्ति इनम सापकोटासँग आफ्नो कुनै सम्पर्क नभएको दाबी गरेका छन्।
उनीसँग नाम जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै प्रधानन्यायाधीश शर्माले उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका हुन्। उनीसँगको संवादबारे समाचारहरू प्रकाशित भएपछि उनले त्यस्ता कुरामा सत्यता नरहेको बताए।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रुपमा चिनजान, सम्पर्क समेत छैन।’





