बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै
काठमाडौं, २४ असार । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ नामक ऋणपत्र अनलाइन बोलकबोलमार्फत बिक्रीमा ल्याउन लागेको हो।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको अवधि एक वर्ष रहनेछ र यसको साँवा २०८४ असार २४ गते भुक्तानी गरिनेछ। ऋणपत्रमा प्राप्त हुने ब्या...









