मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिष्ठा र आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ । काममा केही अन्योल देखिए पनि धैर्य राखेर अघि बढ्दा समाधान भेटिनेछ । अनावश्यक तर्क र बहसबाट टाढै रहनु राम्रो हुन्छ । परिवार तथा सहकर्मीले तपाईंको कुरा नबुझ्दा मन खिन्न हुनसक्छ, त्यसैले रिस र आवेग नियन्त्रण गर्नुहोला । प्रेमसम्बन्धमा भने केही शंका र असमझदारी पैदा हुनसक्ने भएकाले संवादमा ध्यान दिनुहोस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सुख सुविधा र मनोरञ्जनतर्फ मन आकर्षित हुनेछ । पढाइ तथा काममा अल्छी नगरी ध्यान केन्द्रित गर्न सके राम्रो उपलब्धि हासिल हुनेछ । घुमघाम वा छोटो यात्राको योजना बन्न सक्छ । प्रेमसम्बन्धमा पार्टनरको भावनालाई सम्मान गर्दा सम्बन्ध अझ प्रगाढ बन्नेछ । नयाँ काम सुरु गर्न उत्साह बढ्नेछ भने प्रतिस्पर्धीमाथि आफ्नो प्रभाव जमाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्या गन्नुभन्दा समाधान खोज्ने प्रयास गर्नु आज लाभदायी हुनेछ । मेहनत र सकारात्मक सोचले अपेक्षा नगरेको सफलता दिलाउन सक्छ । आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ । विदेशसम्बन्धी काम वा परियोजनाबाट लाभ मिल्न सक्छ । प्रियजनसँग छोटो यात्रा वा अर्थपूर्ण कुराकानीले सम्बन्धमा आत्मीयता बढाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पद, प्रतिष्ठा र सामाजिक सम्मान बढ्ने योग छ । आर्थिक रूपमा पनि सकारात्मक अवसर प्राप्त हुन सक्छ । पुरानो बाँकी रकम उठाउने प्रयास गर्दा सफलता मिल्ने सम्भावना छ । तर मनमा अनावश्यक चिन्ता र शंका बढ्न सक्छ । मानसिक शान्तिका लागि एकान्तमा समय बिताउनु वा आध्यात्मिक गतिविधिमा सहभागी हुनु लाभदायी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा सहकर्मी र सहयोगीको राम्रो साथ मिल्नेछ । नयाँ प्रविधि वा नयाँ तरिका अपनाउँदा कार्यक्षमता बढाउन सकिनेछ । व्यस्तताका कारण जीवनसाथीलाई पर्याप्त समय दिन नसक्दा असमझदारी हुन सक्छ । ज्येष्ठ व्यक्तिबाट सहयोग र सद्भाव प्राप्त हुनेछ । अध्ययन तथा परीक्षाको तयारी गरिरहेकाहरूका लागि दिन सकारात्मक रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामप्रतिको तपाईंको लगनशीलताले वरिष्ठ तथा सेवाग्राहीलाई प्रभावित पार्नेछ । स्थिर क्षेत्रमा लगानी गर्ने अवसर मिल्न सक्छ । पुराना सहकर्मी वा साथीहरूसँगको भेटले मन प्रसन्न बनाउनेछ । सकारात्मक सोच र आपसी समन्वयले तनाव कम गर्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुने भएकाले आत्मविश्वासका साथ अघि बढ्नुहोस् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ व्यवसाय वा कारोबारप्रति रुचि बढ्नेछ । परिस्थिति पूर्ण रूपमा अनुकूल नभएपनि बुद्धिमानीपूर्वक निर्णय लिन सके लक्ष्य हासिल गर्न सकिनेछ । प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक वातावरण सुखद रहनेछ । सन्तान वा कनिष्ठ आफन्तबाट खुसीको खबर मिल्न सक्छ । मेहनतले भविष्यमा छात्रवृत्ति, सुविधा वा विशेष अवसरको बाटो खोल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक अवस्था सामान्य रहेपनि सुख सुविधाका लागि अतिरिक्त खर्च हुन सक्छ । मनोरञ्जनमा धेरै समय बिताउँदा महत्वपूर्ण काममा ढिलाइ हुनसक्ने भएकाले प्राथमिकता निर्धारण गर्नुहोस् । पारिवारिक वा प्रेमसम्बन्धमा चाहेको समय दिन नसक्दा मन खिन्न हुन सक्छ । निरन्तर मेहनत गरे पद, प्रतिष्ठा र आर्थिक अवस्थामा सुधार आउनेछ । प्रशासनिक समस्या भए समाधानतर्फ अघि बढ्न सकिने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथी भाइसँगको भेटघाटमा समय बित्दा जीवनसाथी वा प्रियजनलाई पर्याप्त समय दिन नसकिने अवस्था आउन सक्छ । आफ्नो बुद्धि र क्षमताको सही प्रयोग गर्दा महत्वपूर्ण काम सम्पन्न हुनेछ । सन्तान वा भाइबहिनीको प्रगतिको लागि खर्च गर्नुपर्ने हुन सक्छ । व्यापारमा मन्दी भए थप मेहनत गर्नुहोस्, प्रयासले नयाँ अवसर र आम्दानीको बाटो खोल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरका लागि आवश्यक सामग्री खरिद गर्दा खर्च बढ्न सक्छ, तर त्यसले आर्थिक योजनामा ठूलो असर पार्ने छैन । बोल्ने र प्रस्तुत गर्ने क्षमतामा सुधार आउनेछ । अध्ययनमा रुचि बढ्दा व्यक्तित्व विकासमा सहयोग पुग्नेछ । मेहनत र प्रतिस्पर्धात्मक भावनाले सफलता दिलाउनेछ । आम्दानी बढ्नुका साथै रोकिएको रकम हात पर्न सक्छ । लगानी गर्दा अनुभवीको सुझाव लिनु उचित हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मविश्वास र उत्साह बढ्नेछ । घरायसी काम समयमै सम्पन्न हुनेछन् । जीवनसाथीसँग रमाइलो समय बिताउने तथा घुमफिरको अवसर मिल्न सक्छ । अरूको काम र विचारमा धेरै ध्यान दिनुभन्दा आफ्ना कमजोरी सुधार्नतर्फ केन्द्रित हुनुहोस् । निर्णय क्षमता र व्यवस्थापन कौशलले नयाँ पहिचान बनाउन सहयोग गर्नेछ । भविष्यका योजनामा दृढ भएर अघि बढ्दा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा एकअर्काका कमजोरी खोज्नुभन्दा समझदारी र समर्पणलाई प्राथमिकता दिनुहोस् । आज बोलीमा नियन्त्रण आवश्यक छ; आवेगमा बोलेका शब्दले अनावश्यक विवाद निम्त्याउन सक्छन् । व्यापारतर्फ भने खाद्य सामग्री, पेय पदार्थ, सौन्दर्य सामग्री तथा फलफूल तरकारीको कारोबारमा लाभ मिल्ने सम्भावना छ । शान्त भएर निर्णय लिन सके दिन अनुकूल बन्नेछ ।





