काठमाडौँ । यस वर्षको गाईजात्रालाई लक्षित गर्दै कलाकार तथा हास्यव्यङ्ग्य प्रस्तुतकर्ता गोपाल तिमल्सिनाले ‘किन हो किन गाईजात्रा २०८३’ सार्वजनिक गरेका छन्।

समसामयिक नेपाली समाज, राजनीति तथा दैनिक जीवनमा देखिएका विभिन्न विषयलाई हास्यव्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिएको गाईजात्राले दर्शकलाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने प्रयास गरेको छ।

‘किन हो किन २०८३’ नाम दिइएको उक्त गाईजात्रा सामग्री गोपाल तिमल्सिनाको आधिकारिक युट्युबमार्फत सार्वजनिक गरिएको हो। सामाजिक सञ्जालमा समेत यसको प्रचार तथा सेयर बढिरहेको देखिन्छ।

गाईजात्राको मौलिक परम्पराअनुसार समाजका विकृति, विसङ्गति र समसामयिक घटनामाथि व्यङ्ग्य गर्ने शैलीलाई निरन्तरता दिँदै तिमल्सिनाले यस वर्ष पनि आफ्नो प्रस्तुति ल्याएका हुन्।

‘किन हो किन गाईजात्रा २०८३’ अहिले युट्युब तथा सामाजिक सञ्जालमार्फत दर्शकमाझ पुगेको छ।

पूरा भिडियो हेर्न तल को लिन्क खोलेर हेर्नू लिन्क ..

तपाईको प्रतिक्रिया