काठमाडौं। पछिल्लो समय शेयर बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवश्यक कदम चाल्दै आएको छ। गोपालप्रसाद भट्ट धितोपत्र बोर्डको अध्यक्ष भएर आएसँगै शेयर बजार सुधारका लागि चरणबद्ध रुपमा आवश्यक कदम चाल्न थालिएको हो।

शेयर बजार सुधारका लागि धितोपत्र बोर्डले आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १९ बुँदे निर्देशन जारी गरेको छ। यो निर्देशन धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरुको कारोबार नियमन तथा अनुगमन गर्ने र गराउने उद्देश्यका लागि रहेको धितोपत्र बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया