सञ्चारकर्मी सञ्चार सहकारीद्वारा चार पत्रकार पुरस्कृत हुँदै
विराटनगर /
सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा यसवर्ष चारजना पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ। सहकारीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुरस्कार दातासहितको परामर्श र पुरस्कार छनोट समितिको सिफारिसका आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो। संस्थाका अध्यक्ष दीपक दाहालका अनुसार हरेक वर्ष असार २७ गते मनाइने स्थापना दिवसको अवसर पारेर यी पु...









