कालिमाटी गाउँपालिकाद्वारा ५३ करोड ४५ लाखको बजेट पारित
शंकर केसी
सल्यान, असार २३ गते । सल्यानको कालिमाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ४५ लाख ३० हजार रुपियाँको बजेट, नीति तथा कार्यक्रम पारित गर्दै २०औँ गाउँसभा सम्पन्न गरेको छ।
गत असार १० गते बस्ने तय भएको गाउँसभा गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि स्थगित गरिएको थियो। अध्यक्ष उपचारपछि गाउँ फर्किएसँगै सोमबार गाउँसभा सम्पन्न भएको हो।
गाउँसभा...









