विराटनगरमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पीडा: अधिकार भए पनि व्यवहारमा विभेद कायमै
विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरूले नेपालको संविधानले समानताको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय अझै पनि विभेदको सिकार भइरहेको बताएका छन्।
संविधानका धारा १२, १८ र ४२ ले यी समुदायका अधिकारलाई मान्यता दिएको भए पनि नागरिकता प्राप्ति, वैवाहिक समानता, शिक्षा तथा अन्य आधारभूत सेवामा अझै पनि कठिनाइ भोग्नुपरेको उनीहरूको भनाइ छ। “हामी पनि अरू सरह समान व...









