दमक / झापा जिल्लाको दमक नगरपालिका–८ मा लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्स लिमीटेड को २१औं शाखा कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। उक्त कार्यालयको उद्घाटन दमक–८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव ले संयुक्त रूपमा गर्नुभयो।
उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, बीमा अभिकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष दाहालले माइक्रो लाइफ इन्स्योरेन्सले विशेष गरी न्यून आय भएका समुदायलाई आर्थिक सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले यस्ता सेवाहरू गाउँ–गाउँसम्म विस्तार हुनु सकारात्मक संकेत भएको उल्लेख गर्नुभयो।
यसैगरी, कम्पनीका सि.ई.ओ.यादवले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको उद्देश्य जनताको जीवनमा आर्थिक सुरक्षा सुनिश्चित गर्नु रहेको बताउँदै माइक्रो बीमा क्षेत्रलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कम्पनीले सरल, सुलभ र जनमुखी बीमा सेवा प्रदान गर्दै आएको र आगामी दिनमा अझ विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत अशोक कुवँर ले माइक्रो लाइफ इन्स्योरेन्स विशेष गरी विपन्न वर्गका लागि डिजाइन गरिएको सेवा भएको बताउनुभयो। उहाँका अनुसार, “माइक्रो लाइफ इन्स्योरेन्सले सानो प्रिमियममार्फत ठूलो सुरक्षा दिन्छ र यसलाई जनस्तरसम्म पुर्याइउन ‘मास बेस सेलिङ’ रणनीति अपनाइएको छ।”
साथै कार्यक्रममा कम्पनीका दाबी विभाग प्रमुख गोविन्द रेग्मीर प्रदेश प्रमुख राम पोखरेल को पनि सक्रिय सहभागिता रहेको थियो।
उक्त शाखा सञ्चालनमा आएपछि दमक क्षेत्रका सेवाग्राहीहरूले बीमा सेवा अझ सहज रूपमा प्राप्त गर्ने विश्वास गरिएको छ। कम्पनीले आगामी दिनहरूमा देशभर आफ्नो पहुँच विस्तार गर्दै माइक्रो बीमा क्षेत्रमा अग्रणी भूमिका खेल्ने लक्ष्य लिएको छ। उद्रघाटन कार्यक्रम को संचालनलिबर्टी दमक उप शाखा मेनेजर रमा खड्काले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया