सडकमा मकै सुकाउँदा दुर्घटना जोखिम, विराटनगर महानगरद्वारा हटाइयो
विराटनगर / विराटनगर महानगरपालिकाले सार्वजनिक सडकमा मकै सुकाउने कार्यविरुद्ध कडाइ सुरु गरेको छ । दुर्घटनाको जोखिम बढेको तथा सडक आवागमन प्रभावित भएको भन्दै महानगरले जतुवास्थित धरमबाँध रोडमा सडकभरि सुकाइएका मकै सोमबार हटाएको हो ।
महानगरपालिकाले आइतबार नै माइकिङ गरेर सडकमा सुकाइएका मकै हटाउन तथा सडकभन्दा भित्र सुरक्षित स्थानमा त्रिपाल ओछ्याएर व्यवस्थापन गर्न स्थानीयलाई आग्रह गरेको थियो । तर सूचना...









