विराटनगर : मोरङको डाइनियामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा परेर सुनवर्षी नगरपालिका–९, चन्दनखाडी का ५० वर्षीय देवीलाल शर्माको मृत्यु भएको हो ।
शर्मालाई सुनवर्षी नगरपालिका–९ डाइनिया चोकमा प्र १–०२–०५७ प८४८७ नम्बरको मोटरसाइकलले आइतबार ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जीवन विकास सामुदायिक अस्पताल कटहरीमा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । चालक कटहरी गाउँपालिका– ३ बस्ने २८ वर्षीय सुरजकुमार मण्डलको प्रहरीको निगरानीमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।







