काठमाण्डाै – यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म ९०० जनाभन्दा धेरै आराेहीले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइडसहित ९०० जनाभन्दा धेरैले सफल आरोहण गरेका हुन् । यकिन विवरण भने आउन बाँकी छ ।
आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको सङ्ख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको सङ्ख्या १००० जना नाघ्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ ।
गएको वैशाख ३१ गतेदेखि सुरु भएको वसन्तकालीन आरोहण मे २९ तारिख अर्थात जेठ १५ सम्म सञ्चालन हुनेछ । यस वर्ष सगरमाथा आरोहणका लागि ४ सय ९५ जनाले अनुमती लिएका छन् । उनीहरुबाट झण्डै एक अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ ।







