काठमाण्डाै – भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशिपमा विजयी शुरुआत गरेकाे छ ।

भारतकाे गाेवामा रहेकाे जवाहरलाल नेहरु रङ्गशालामा आज भएकाे उद्घाटन खेलमा नेपालले भूटानलाई १–० गाेलले हरायाे । नेपालकी गीता रानाले खेलकाे २३औँ मिनेटमा गरेकाे प्रहार भूटानी खेलाडीले राेक्ने क्रममा गाेलमा परिणत भएकाे हाे ।

प्रतियाेगिताकाे समूह चरणमा नेपाल, भूटान र श्रीलङ्का रहेका छन् । अब नेपालले समूह चरणकाे अन्तिम खेलमा आउँदाे आइतवार जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

तपाईको प्रतिक्रिया