काठमाडौँ–२ मा फेरिएको चुनावी समीकरणः राप्रपाकी कुन्ती पोखरेलको बढ्दो लोकप्रियता
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी युवा उद्यमी कुन्ती पोखरेल अहिले यस क्षेत्रमा सबैभन्दा चर्चामा रहेकी उम्मेदवार हुन् । एक दशकभन्दा लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी केवल राजनीतिज्ञ मात्र नभएर एक सफल व्यवसायी र जुझारु सामाजिक अभियन्ताका...









