काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रमा मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३२ क्षेत्रमा अग्रता लिइरहेको छ।
प्रारम्भिक मतगणनामा कांग्रेस, एमालेलगायतका उम्मेदवार रास्वपाका उम्मेदवारभन्दा निकै कम मत ल्याइरहेका छन्। पछिल्लो मत गणनाअनुसार नेपाली कांग्रेस ५, एमालेले २ र नेकपाले १ क्षेत्रमा अग्रता लिइरहेका छन्।
रास्वपाले अग्रता लिइरहेको क्षेत्र
काठमाडौं १, २, ४, ५, ६ ७, ८ र १० मा रास्वपाका उम्मेदवारले लिड गरिरहेका छन्। यसैगरी झापा ५, रुपन्देही २ र ३, धनुषा ३, मोरङ १, ४ र ५ भक्तपुर १ र २, ललितपुर ३, कञ्चनपुर १, २ र ३, चितवन २ र ३, बाँके १ र ३, बारा १, दाङ १, कास्की १ र ३, महोत्तरी १, रौतहट ४ र धादिङ १ छन् ।
कांग्रेसले अग्रता लिइरहेका क्षेत्र
ललितपुर १, स्याङ्जा १, कपिलवस्तु ३ र कास्की २, मनाङ ।
एमालेले अग्रता लिइरहेको क्षेत्र
तेह्रथुम १, कास्की ३ र बाँकी २
नेकपाले अग्रता लिइरहेको क्षेत्र
कालीकोट १।
देशको संघीय राजधानी काठमाडौं उपत्यकाका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन्। रास्वपाले मुख्य सहरी क्षेत्रमा मात्र नभई पहाडतिर पनि लिड गरिरहेको छ।





