पोखरेलको प्रतिवेदन अस्वीकार गर्दै बादलद्वारा नयाँ प्रतिवेदन पेस हुने
काठमाडौं, २६ भदौ । नेकपा (एमाले) मा नेतृत्व परिवर्तनको सुझावसहित तयार पारिएको प्रतिवेदनलाई लिएर तीव्र विवाद सिर्जना भएको छ।
निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै संयोजक रामबहादुर थापा ‘बादल’ ले अर्कै प्रतिवेदन तयार पारेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सच्याएर अनुकूल प्रतिवेदन ल्याउन निर्देशन दिएपछि संयोजक...









